काठमाण्डाै : स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको दोस्रो लेगमा ३–१ गोल अन्तरले इटालियन क्लब एटलान्टलाई पराजित गर्दा समग्रमा रियल ४–१ गोलसहित रियल अन्तिम आठमा प्रवेश गरेको हो।

रियलको जितमा करिम बेन्जिमा, सर्जियो रामोस र मार्को एसेन्सियोले एक एक गोल गर्दा एटलान्टाका लागि लुईस मुरिएलले एक गोल फर्काएका थिए। ३४ औं मिनेटमा करिम बेन्जेमाले गोल गरी पहिलो हाफमा अग्रता दिलाए।

६० औं मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे। ८४ औं मिनेटमा मार्को एसेन्सियोले रियलका लागि तेस्रो गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *