काठमाडौँ ४, चैत : नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशी को विषयमा कतिपय अनलाईन सञ्चारमाध्यम पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट निधन भएको भनि पुष्टि बेगर अत्यन्तै आपत्तिजनक गलत तथा भ्रमपूर्ण सामग्री सम्प्रेषण भएको प्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। साथै प्रेस काउन्सिल नेपालले पहिला हुने होडबाजीमा पुष्टि बेगर मानिसको जीवनसँग सम्बन्धित मानवीय संवेदना खल्बलिने र प्रभावित व्यक्तिलाई थप पिडा पुग्ने किसिमबाट सामग्री सम्प्रेषण नगर्न नगराउन र पत्रकार आचारसंहिताको पूर्ण पालनामा प्रतिवद्ध रहन सरोकारवाला पक्षको ध्यानाकर्षण समेत गराएको छ

