काठमाडौं : नेकपा एमाले खनाल र नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु हुनुअघि स्थायी कमिटीको बैठक बसेको छ ।
११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरु छलफलमा रहेको केन्द्रीय सदस्य गंगालाल तुलाधरले जानकारी दिए । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेला भोलिसम्म चल्ने छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएको छ । ओली पक्षले खनाल नेपाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ ।
