मंगलबारको सेयर बजारमा चन्द्रागिरि हिल्सको सेयर मूल्य हजार रुपैयाँ नाघेको छ। बजार खुलेको आधा घण्टामै यसको सेयर मूल्य बढेर प्रतिसेयर एक हजार ६९ रुपैयाँ भएको हो। चन्द्रागिरिको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।

यता आजैबाट सेयर कारोबार शुरु गरेको ग्रीन लाइफ हाइड्रोपावरको सेयरमा पनि उछाल छ। यसको सेयर मूल्य ९.७० प्रतिशतले बढेर ३ सय २८ रुपैयाँ प्रतिकित्ता पुगेको छ।यसको पहिलो कारोबार मंगलबार माथिल्लो रेन्जबाट शुरु भएको हो। माथिल्लो रेन्ज २ सय ९९ रुपैयाँ हो। यसले न्यूनतम ९७.९९ रुपैया देखि २९९.१ रुपैयाँसम्मको कारोबार रेन्ज पाएको थियो। यो समाचार तयार पार्दा सम्म सेयर बजारमा ६.२३ अंकको वृद्धि छ।

यता घलेम्दी हाइड्रोपावर पनि बढी कारोबार हुनेमा लगातार दोस्रो स्थानमा परिरहेको छ। यसको सेयर मूल्य १ सय ९० रुपैयाँ पुगेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *