काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चियापान समारोहमा सहभागी हुन पत्रकारहरुलाई आग्रह गरेका छन्।

यसअघि पत्रकारहरुलाई बालुवाटारमा भइरहेको चियापान समारोह भन्दा ५० मिटर टाढा राखिएको थियो।

तर अहिले प्रधानमन्त्री ओली आफैले पत्रकारहरुलाई चियापान समारोहमा आमन्त्रण गरेका हुन्। केहीबेरअघि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा चियापान समारोह सुरु भएको हो।

चियापानमा नेकपा एमालेको माधव नेपाल समूह सहभागी छैन। ओलीले सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई चियापानमा बोलाएका थिए। तर माधव समूहका नेताहरु चियापान समारोहमा देखिएका छैनन्।

त्यहाँ सीमित नेताहरु बाहेक ओली समूहका कार्यकर्ताहरुलाई सहभागी गराइएको छैन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *