काठमाडाैं: प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ‘एकलौटी’ निर्णयविरुद्ध उपाध्यक्ष वामदेव गौतमले आफू संयोजक रहेको ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’को बैठक राख्दै छन्।

आज ‘मंगलबार’ उपाध्यक्ष गाैतमले ओलीविरुद्ध बैठक राख्न लागेका हुन् । बैठक बिहान ११ बजेपछि बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बस्ने उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए ।
बैठक अभियानको कार्य-सम्पादन समितिको बस्न लागेको हो। जसमा संयोजकसमेत ५१ सदस्य छन्। गौतमका प्रेस सल्लाहकार सुवेदीका अनुसार आज अभियानको कार्यसमिति नभई कार्यसम्पादन समितिको सानो समूहबीच छलफल गर्न लागिएको हो।
वर्तमान राजनीतिक परिस्थितिमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आज छलफल हुने उनकाे भनाइ छ ।
यही फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष ओलीले एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद हटाउने निर्णय गरेपछि नेता गौतमको उपाध्यक्ष पद पनि स्वतः खारेज भएको छ।
