काठमाडौँ, चैत ३ गते । डिम्याट खाता खोल्नेको सङ्ख्या ३३ लाख नजिक पुुगेको छ । पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र सार्वजनिक सेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षणले डिम्याट खोल्नेको सङ्ख्या बढिरहेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म ३२ लाख ११ हजार ४१६ पुुगेको छ ।
उक्त लिमिटेडमा अनुसार झन्डै ३३ लाख डिम्याट खातामा छ अर्ब २६ करोड १८ लाख ३८ हजार ६०३ कित्ता सेयर रहेको छ । फागुनमा मात्रै झन्डै चार लाख डिम्याट खाता थपिएका छन् । माघमा तीन लाख १० हजार ४१६ डिम्याट खाता थपिएका थिए ।
सर्वसाधारणका लागि पछिल्लो समयमा हात खाली नहुने र ठूलो सङ्ख्यामा सेयर पर्नेगरी आईपीओ खुलाइएको नेपाल रिइन्स्योन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले आईपीओतर्फको आकर्षण बढाएका छन् ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार मेरो सेयर प्रयोगकर्ताको सङ्ख्या पनि २२ लाख १३ हजार ८०६ पुगेको छ । माघमा मेरो सेयर प्रयोगकर्ता तीन लाख तीन हजार ३२४ थपिएकामा फागुनमा तीन लाख ३७ हजार ४४४ थपिएका थिए ।
सर्वसाधारणलाई निष्कासन गरिने प्राथमिक सेयर (आईपीओ)मा आवेदन गर्नेको सङ्ख्या पनि निरन्तर बढ्दै गइरहेको छ । पछिल्लो समय ज्योति लाइफ इन्स्योरेन्सले फागुन २१ देखि २६ सम्म निष्कासन गरेको आईपीओमा डिम्याट खाता खोल्नेमध्ये ५८.१७ प्रतिशतभन्दा बढीले आवेदन गरेका छन् ।
कोरोना सङ्क्रमण र लकडाउनपछि आईपीओमा आवेदन गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सर्वसाधारणले प्राथमिक बजारबाट एक सय रुपियाँ लगानी गरेर दोस्रो बजारमा बिक्री गर्दा राम्रो आम्दानी हुने भएपछि आईपीओमा आवेदन गर्ने बढ्दै छन् ।
महिला लघुवित्तको आईपीओमा १५ लाख ३६ हजार, ग्रिनलाइफ हाइड्रोपावरमा १३ लाख २२ हजार, नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कमा १४ लाख ७५ हजार र चन्द्रागिरि हिल्समा १२ लाख ११ हजार बराबरको आवेदकबाट आवेदन परेको थियो ।
दोस्रो बजारमा कारोबार गर्ने सक्रिय लगानीकर्ताको सङ्ख्या साढे छ लाख नजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पछिल्लो समय सक्रिय लगानीकर्ता पाँच लाख ९४ हजार पुगेका छन् ।
धितोपत्र बजारमा प्रविधिको बढ्यो प्रयोगसँगै अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या तीन लाख ७६ हजार २६१ पुगेको छ । जसमध्ये एक लाख ९५ हजार ९८९ जना सक्रिय अनलाइन प्रयोगकर्ता छन् । दोस्रो बजारमा कारोबार गर्न नेप्सेले टीएमएस प्रणाली सञ्चालनमा ल्याएपछि अनलाइन प्रयोगकर्ता बढेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *