गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेता नेपाल ओलीको कदम प्रतिगमन भन्दै आन्दोलित थिए । अदालतले संसद पूनःस्थापना गरेपछि पनि प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता भएको थिएन । पछिल्लो समय सर्वोच्च अदालतले एमाले र नेकपा (माओवादी केन्द्र) ब्यँुताएपछि ओली र नेपालबीच झनै तित्तता बढेको थियो ।



