काठमाडौं, २ चैत्र । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का शीर्ष नेताहरुबीच भेटवार्ता सुरु भएको छ । करिब तीन महिनापछि आज अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पहिलोपटक भेटवार्ता भएको हो ।

गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेता नेपाल ओलीको कदम प्रतिगमन भन्दै आन्दोलित थिए । अदालतले संसद पूनःस्थापना गरेपछि पनि प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता भएको थिएन । पछिल्लो समय सर्वोच्च अदालतले एमाले र नेकपा (माओवादी केन्द्र) ब्यँुताएपछि ओली र नेपालबीच झनै तित्तता बढेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *