भारतीय क्रिकेटर जसप्रित बुम्राहले विवाह गरेका छन् । उनले सोमबार संजना गणेशनसँग विवाह गरेका हुन् ।

बुम्राहले विवाह गर्ने भएपछि भारतविरुद्धको एकदिवसिय र टी २० तथा चौथो टेष्ट खेलेका थिएनन् । गोवामा सिमित पाहुनाका साथ उनी विवाह बन्धनमा बाँधिएका हुन् ।

उनको विवाहमा सिमित पाहुनालाई बोलाइएको थियो भने उनीहरुलाई मोबाइलको प्रयोग गर्न नदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विवाहमा कुल २० जनाको मात्र सहभागिता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । संजना एक स्पोर्टस एंकर हुन । यसअघि बुम्राह दक्षिण भारतीय एक अभिनेत्रीसँग प्रेममा रहेको हल्ला चलेको थियो ।

बुमराह र संजनालाई व्यवसायिक रुपमा खेल मैदानमा बाहेक अन्यत्र साथमा देखिएको थिएन । यसअघि कुनै मिडिया रिपोर्टमा उनीहरुको प्रेम सम्बन्धको खबर पनि आएको थिएन ।

२८ वर्षकी संजना एक स्पोर्ट एंकर तथा प्रिजेन्टर हुन् । पछिल्लो समय उनी कैयौं प्रतियोगितामा देखिएकी थिइन् । उनी आइपिएलमा सक्रिय रहनुका साथै स्टार स्पोर्टस च्यानलमा आबद्ध छिन् ।

संजनाले आइसीसी विश्वकप २०१९ देखि इण्डियन प्रिमियर लिग (आइपिएल) समेत होस्ट गरिसकेकी छिन् । यसका अलावा संजना कोलकाता नाइटराइडर्सको एंकरको रुपमा पनि रहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *