बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङजाका एक युवक पक्राउ परेका छन् ।

स्याङ्जाको हरिनास -७ अर्गलीका ३३ वर्षीय भेलबहादुर थापालाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो  ।

गत कार्तिक १२ गते बालिकालाई जबरजस्ती करणी गरी गर्भवती समेत गराएको भनी परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको स्याङ्जाका प्रहरी प्रमुख, एसपी होबीन्द्र बोगटीले जानकारी दिनुभयो ।

बालिका गर्भवती भएको थाहा पाएपछि परिवारले  उजुरी दिएको आधारमा  फागुन २९ गते राति ८ बजे थापालाई पक्राउ गरिएको एसपी  बोगटीले बताउनुभयो ।    बालिकालाई स्वास्थ्य उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको एसपी बोगटीले जानकारी दिनुभयो ।

पक्राउ परेका थापालाई  जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट आइतबार म्याद थप गरी अनुसन्धान भइरहेको एसपी बोगटीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *