ललितपुर: ललीतपुरका स्थानिय तहले खुला सरकारको अवधारणालाई प्रभावकारी बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
सेसी नेपालको सहयोग तथा सल्भ नेपाल सुशासन परियोजना र स्थानिय सरकारको सहकार्यमा तयार भएका सामाजिक जवाफदेहिताका प्राविधिक औजारहरु हस्तान्तरण कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधिहरुले यस्तो प्रविबद्धता ब्यक्त गरेका हुन् ।

खुला आँकडा दिवको अवसर पारेर गरिएको कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधिहरुले जवाफदेहिताका प्राविधिक औजारहरुले स्थानिय तहमा शुसासन र पारदर्शिता ल्याउन सहयोगी हुने बताएका थिए ।
ललितपुरको कोन्जोसोम गाउँपालीकाका अध्यक्ष गोपिलाल सिंङ्गतान, उपाध्यक्ष मिग्मा लामा, प्रमुख प्रशासकिय अधिकृत विकाश शर्मा रिजालले शुसासन परियोजनाको सहयोगमा तयार भएका प्रविधिले स्थानिय सरकारका सेवा र सुविधा प्रदान गर्न जनतालाई सहज भएको बताएका थिए ।
त्यस्तै बाग्मति गाउँपालीकाका उपाध्यक्ष रन्जना घिमिरे, प्रमुख प्रशासकिय अधिकृत खम्बुराज चामलिङ्ग, महालक्ष्मी नगरपालीकाका उपमेयर निर्मला थापाले जवाफदेहिताका प्राविधिक औजारहरुको मद्दतबाट स्थानिय तहका हरेक कार्य र गतिविधिको वारेमा जनताले सहजै जानकारी पाउने बिश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा सल्भ नेपालका वोर्ड सदस्य सरदराज गौतमले सबै मिलेर अगाडी बढेमा स्थानिय निकायका काम कारवाही प्रभावकारी रुपमा अगाडी बढाउन सकिने बताएका थिए । उनले विकासको साझेदारीका लागी सल्भ नेपाल सदैव तयार रहेको बताए ।
खुला आँकडा दिवशको अवसर पारेर गरिएको कार्यक्रममा सेसी नेपालका नरेन्द्र रोकायाले जवाफदेहिताका प्राविधिक औजारहरुले नागरीक र स्थानिय निकायको दुरी कम गर्न सहयोग पुर्याउने विश्वास ब्यक्त गरे ।
सुशासन परियोजनाकी जिल्ला संयोजक प्रतिज्ञा न्यौपाने मिश्रले स्थानिय सरकारले दिने सेवा र सुविधालाई प्रभावकारी बनाउन आफुहरुले यस्तो औजारहरु तयार पारी स्थानिय निकायलाई हस्तान्तरण गरिएको बताईन् ।
सेसि नेपालको सहयोगमा संचालित शुसासन परियोजनाले ललितपुरका विभिन्न स्थानिय तहका काम कारवाहि, योजना तथा सेवा सुविधा सहितको जवाफदेहिताका प्राविधिक औजारहरु तयार पारेको थियो । यस्ता औजारहरुले खुला सरकारको अवधारणालाई अगाडी बढाउन सहयोग पुर्याउने संयोजक मिश्रले बताईन् ।
