काठमाडौँ- सिरहाको मालपोत कार्यालयमा आइतबार दिउँसो भएको विस्फोटमा घाइते भएका एकजनालाई काठमाडौँ ल्याइएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत गम्भीर घाइते एक जनालाई काठमाडौँ ल्याइएको हो। घाइतेमध्ये गम्भीर दिनेशकुमार भण्डारीलाई काठमाडौँ ल्याइएको हो। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

विस्फोटमा ७ जना घाइते भएका थिए। मालपोत कार्यालयको पहिलो तलामा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीको भनाइ छ। घटनास्थलमा गणतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहको नाममा पर्चाहरु भेटिएका छन्।

सरकारले आफ्ना मागहरु पूरा नगरेकाले विस्फोट गराएको पर्चामा उल्लेख छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *