म्यानमार :  म्यानमारमा सुरक्षाकर्मीले चलाएको गोली लागेर १२ जनाको ज्यान गएको छ। शनिबार श्रद्धान्दान्जली सभामा सुरक्षार्मीले अन्धाधुन्ध गोली चलाएर १३ वर्षीय बालकसहित १२ सर्वसाधारणको हत्या गरेका हुन्।

त्यहाँको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सैनिकले कु गरेपछि एक महिना अघि देखि प्रदर्शन भईरहेको छ। शनिबार सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिक माथि सुरक्षाकर्मीले गोली चलाएका थिए।

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डले र प्याये शहरमा उनीहरुको ज्यान गएको रोयटर्सले जनाएको छ। केही हप्ता अघि मृत्यु भएका युवकको पुण्य तिथिमा म्यानमारका विभिन्न शहरमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। गोली लागेर कैयौं घाइते भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार घाइतेलाई अस्पताल लगिएको छ तर उनीहरुको पहिचान गर्न सुरक्षाबलले रोकेको जनाइएकाे छ। गत फेब्रुअरी १ मा सेनाले कु गरेर सत्ता हातमा लिएयता सुरक्षाकर्मीको गोलीबाट ७० भन्दा बढी नागरिकको ज्यान गइसकेको छ।

लोकतन्त्रवादी नेतृ आङसाङ सुकी लगायतका शिर्ष नेतालाई नजरबन्दमा राखिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *