विभिन्न १६ देशमा एक बर्षमा ६५ पत्रकार मारिएको फागुन २७ गते [11 march 2021] सार्वजनिक गरेको आइएफजेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा सबैभन्दा धेरै पत्रकार मारिने देशमा मेक्सिको परेको छ । मेक्सिकोमा एक बर्षमा १४ जना पत्रकार मारिएका छन । त्यस्तै अफगानस्तानमा १० जना, पाकिस्तानमा ९, भारतमा ८, फिलिपिन्समा ४, सिरियामा ४ जना पत्रकार मारिएका छन ।
त्यस्तै नाइजेरियामा ३ जना, यमनमा ३, इराकमा २, सोमालियामा २ जना पत्रकार मारिएका छन । त्यसैगरी एक जना पत्रकार मारिने देशहरुमा बंगलादेश, क्यामरुन, होण्डुरस, पाराग्वे, रसिया, र स्वीडेन रहेका छन ।
आइएफजेको तथ्याङ्क अनुसार द्वन्दग्रस्त देश भनेर चिनिएका सिरिया, यमन, इराक र सोमालिया भन्दा भारत, पाकिस्तान र अफगानस्तानमा धेरै पत्रकारहरु मारिएका छन ।
गतबर्ष बिभिन्न देशमा ४९ जना पत्रकार मारिएका थिए । यो बर्ष गतबर्ष भन्दा १७ जना बढी पत्रकार मारिएको आइएफजेले जनाएको छ । आइएफजेका अनुसार सन १९९० देखी सन २०२० सम्ममा २६८० जना पत्रकारहरु मारिएका छन ।