काठमाण्माडौ: ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन्। शनिबार काठमाडौँमा प्रकाश विकल्पद्धारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो लडाई प्रधानमन्त्री लागि नभई उत्पीडित वर्ग र समुदायको हित लागि रहेको बताएका हुन्।

‘दुईपटक प्रधानमन्त्री भईसकेँ। मलाई प्रधानमन्त्री कुनै बन्ने हतारो छैन्’, उनले भने, ‘प्रधानमन्त्रीको लागि मेरो लडाइँ होइन । मैले उत्पीडित वर्ग र समुदायको हकअधिकारको लागि नयाँ राष्ट्रिय एकता बनोस् भन्ने सोचले लडेको लडाइँ हो।’
प्रचण्डले पराम्पारावादी र लामो समय राज्य सञ्चालनको जिम्मा लिएका मानिसहरुले आफूलाई मन नपराएको पनि बताए ।
‘पराम्पारावादी र लामो समय राज्य सञ्चालनमा जिम्मा लिएको मान्छेहरुलाई प्रचण्ड मन पर्दैन। प्रचण्डले गरेको काम मन पर्दैन’, उनले भने, ‘ उनीहरुले मेरो टिप्पणी गरिरहेका हुन्छन्। त्यसलाई म कुनै मैले अनौठो मान्दिन्। मलाई मन नपराउनेको एक समूहले धेरै पहिले मार्न खोजेको खोजेका थिए। ‘जियाडोनो ग्रिनो’ बनाउन खोजेका हुन्। अहिलेसम्म बाँचिरहिएको छु कताकताबाट। त्यो कसले बचायो भन्दा जनताले बचाएको हो।’
फेरि एक पटक जनतासँग जोडिने र आफ्नो काम चित्र बुझाउने गरी अगाडि बढ्न लागेको उनले बताए ।
