काठमाण्डौ: शैक्षिक क्षेत्रमा लामो समयदेखि अनवरत रूपमा सेवा दिँदै आएको बानेश्वर, काठमाडौंस्थित ग्लेसियर इन्टरनेसनल स्कुल एन्ड कलेज र झापा, बिर्तामोडमा साढे दुई दशक अघि स्थापना भएको र लामो समय देखि यहाँको शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको बिराट ज्योति अङ्ग्रेजी आवसिय मा.वि बीच व्यवस्थापकिय सहकार्य हुने कुरा आज संयुक्त पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
सर्वपहुँच र सर्वसुलभ शिक्षा, आजको आवश्यक्ता रहेकाले बिराट ज्योति र ग्लेसियर इन्टरनेसनल बीचको यो सहकार्यले व्यवाहारिक र २१औँ शताब्दीको समय र माटो सुहाउँदो शिक्षा प्रदान गर्ने कुरामा विश्वस्त रहन ग्लेसियर ईन्टरनेशनलका प्राचार्य दिबश शाक्यले आग्रह गर्नुभयो। साथै गाली गर्दै, पिट्दै र लठ्ठी हान्दै घोकाउने र रटाउने परम्परागत शैक्षिक प्रणालीलाई चिर्दै समय सापेक्षिक ढङ्गले विधार्थीलाई खाँदै, खेल्दै र रमाइलो गर्दै पढेको कुरालाई व्यवहारमा उतार्न सिकाउनु र विधार्थीहरुको पढाइ सँग सँगै अतिरिक्त कृयाकलापलाई उच्च प्राथमिकतामा राख्दै उनीहरुको चौतर्फी विकास गराउनु नै प्रमुख उद्देश्य रहने शाक्यले बताऊनुभयो।
२०५३ सालमा स्थापना भई नर्सरी देखी कक्षा १० सम्मको शिक्षा प्रदान गर्दै आएको बिराट ज्योतीमा प्लस टूमा व्यवस्थापन संकाय पनि पढाई हुँदै आएको छ । २०७८ सालको शैक्षिक क्यालेन्डर देखि विज्ञान र मानविकीका संकायहरु र मोन्टेस्सोरी शिक्षामा आधारित शिक्षा स-साना नानी बाबुहरुमा लिएर जाने हाम्रो उद्देश्य रहेको छ ।यस शैक्षिक नेटवर्कले निकट भविष्यमा त्रिभुवन विश्वविधालयको बि.बि.एस. बि.ए. र विभिन्न मास्टर्स लेभलका विषय हरुभित्र्याउने योजना पनि बनाएको छ । त्यसैगरी विधार्थी र अभिभावकसँगको सहकार्य र सल्लाह बमोजिम विभिन्न शैक्षिक गतिविधीहरु अगाडी बढाउँदै लान पनि हामी कटिबद्द छ।
२०५१ सालमा स्थापना भएको ग्लेसियर इन्टरनेसनल स्कुलले २०६६ साल देखि प्लस टू मा विज्ञान, ब्यवस्थापन र मानविकी संकायमा शिक्षा प्रदान गर्दै आएको छ। हाल, त्रिभुवन विश्वविधालय अन्तर्गतको बि.बि.एम, बि.सि.ए, बि.ए, एम.बि.एस र बि.बि.एस. का कक्षा पनि चलाउँदै आएको ग्लेसियरले मोन्टेस्सोरी शिक्षालाई ब्यवस्थित र ब्यवहारिक बनाउने उदेश्यका साथ भारत स्थित हाइदराबादको आइरिस फ्लोरेट्सको फ्रान्चाइज अन्तर्गतको शिक्षा पनि प्रदान गर्दै आएको छ।
यस सहकार्य पश्चात दुवै संस्थाले एक अर्कालाई विभिन्न शैक्षिक र प्राविधिक सहयोग आदान प्रदान गर्नेछन। स्थानीय तहको एक पुरानो र सफल यस बिराट ज्योति स्कुललाई स्थानीयबासी, बुद्धीजिवी, व्यवसायी, अभिभावकवर्ग, विधार्थी भाइ-बहिनीहरु, पूर्व विधार्थीवर्ग, शिक्षक-शिक्षिका मित्रहरु, कर्मचारी साथीहरु, पत्रकार मित्रहरु, शिक्षालाई माया गर्ने सम्पूर्ण जनमानस र सम्पूर्ण शुभचिन्तकहरुमा हालको झैँ साथ र सहयोगको अपेक्षा गर्दै कमी कमजोरी औंलाउँदै अगाडी बढाउन थप ऊर्जा प्रदान गर्नु हुन पनि अपील गरेको छ। कार्यक्रममा विराट ज्योति माविका अध्यक्ष गणेश ओलीले व्यवस्थापकीय जिम्मेवारी ग्लेसियरले लिएपनि पुरानो टीम यथावत रहने बताउँदै नयाँ व्यवस्थापनबाट विद्यालयको स्तर अझ माथि उठ्ने विश्वास व्यक्त गरे । शुभ साइतका प्रणित पुडासैनीले संचालन गरेको कार्यक्रममा विराट ज्योति माविका शैलेन्द्र सिटौला , ग्लेसियरका भाइस प्रिन्सिपल रेगन प्रसाईको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *