युट्युबले आउँदो जून महिनादेखि अमेरिकी करको रुपमा २४ प्रतिशतसम्म कर काट्ने भन्दै युट्युबरलाई ईमेलमार्फत जानकारी गराउन थालेकाे छ । युट्युबका अनुसार आउँदो जून महिनादेखि अमेरिकाबाहिरका युट्युब क्रियटरको हकमा अमेरिकी कर काट्नुपर्ने भएको छ ।

जसले गर्दा कन्टेन्ट क्रियटरले करकाे नियमबारे आवश्यक जानकारी आउँदो मे ३१ सम्म बुझाउनुपर्नेछ । यदि जानकारी बुझाएको खण्डमा गुगलले तपाईंको निर्धारित कर मात्रै कटौती गर्नेछ ।
यदि मे ३१ तारिखसम्म करसम्बन्धी जानकारी उपलब्ध नगराएको खण्डमा भने तपाईंको कुल आम्दानीको २४ प्रतिशत करको रुपमा काटेर मात्रै उपलब्ध हुनेछ।
यसमा देश, क्रियटरका साथ अन्य धेरै कुराले करको दायरा फरक–फरक हुनसक्छ । जसमा पहिला अमेरिकी भिजिटरबाट तपाईंको च्यानलले गर्ने मासिक आम्दानी आम्दानी हो ।
यदि तपाईंले युट्युबले भनेको समयमा करसम्बन्धी जानकारी समयमा बुझाएको खण्डमा तपाईंले अमेरिकाबाट भएको आम्दानीको ० देखी ३० प्रतिशतसम्म कर बुझाउनुपर्छ ।
करको दायरा भने देशअनुसार फरक-फरक हुन सक्छ । यदि नेपालको अमेरिकासँग युट्युब लगायतका सेवाको हकमा करसम्बन्धी कुनै सन्धी सम्झौता भएको खण्डमा उक्त सम्झौताअनुसार लाग्नेछ ।
तर, नेपालको हकमा अमेरिकासँग कुनै दोहोरो कर सम्झौता भएकाे अवस्था छैन । यसो हुँदा युट्युबरहरुले दुवैतर्फ कर भुक्तानी गर्नुपर्ने हुन्छ ।
यदि तपाईंले करसम्बन्धी जानकारी उपलब्ध नगराएको खण्डमा भने सबैभन्दा ठूलो असर पर्नेछ । यसको अर्थ तपाईंले करसम्बन्धी जानकारी नबुझाएको खण्डमा तपाईंको कुल आम्दानीको २४ प्रतिशत रोक्का गरिने छ ।
नेपालको हकमा धेरैजसो युट्यबरले आम्दानी गरेको कर नबुझाउने गरेकाले उनीहरुले करसम्बन्धी जानकारी बुझाउन असहज हुने देखिन्छ । त्यो हुँदा धेरैजसो युट्युबरले आफ्नो आम्दानीकै २४ प्रतिशत काटेरमात्रै प्राप्त गर्न सक्ने अवस्था छ ।
