दैलेख: कालिकोटबाट सुर्खेत आउँदै गरेको गाडी दैलेखमा दुर्घटना भएको छ । बिहीबार बिहान करिब ११ बजे तिर दैलेखको आठबीस नगरपालिका–१ मा कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्बरको हायस माइक्रो बसअनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । गाडीमा सवार १६ जना मध्ये १० जनाको अवस्था समान्य रहेको र ५ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए ।

साहुका अनुसार घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । मृतकको नाम खुल्न सकेको छैन भने त्यस विषयमा थप जानकारी आउनेक्रममा रहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *