काठमाडौं, २६ फागुन । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा आगामी जेठ २६ गतेदेखि सुरु हुने भएको छ ।

मंगलबार (हिजो) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सार्वजनिक तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुनेछ ।
यसका साथै, फिजिक्स, पोलिटिकल साइन्स, होम साइन्स, होटल म्यानेजमेन्टलगायतका विषयको परीक्षा जेठ २८ गते हुनेछ ।
