छोटकरीमा जिबनी

नाम–पिताम्वरध्वज खाती
जन्म–१९८९ कार्तिक २७ गते (लक्ष्मिपूजाको दिन)
जन्मस्थल– गैरगाँउ तानसेन, पाल्पा
बुवाको नाम– सुब्बा टेकध्वज खाती
आमाको नाम– लक्ष्मीदेवी खाती

श्रीमती– शिवकुमारी खाती
(जन्म–वि.स. २००१ मंसिर ८,
शिक्षा–एम.ए., नेपाल खाद्य संस्थानको अधिकृत स्तरबाट अवकाश प्राप्त)
वैवाहिक सम्बन्ध– वि.स. २०१४
छोरा–१, छोरी–४, नाती–५, नातिनी–४

शिक्षा
प्राथमिक तथा माध्यमिक तहः गोरखपुर, दरबार हाईस्कूल, पद्मोदय हाईस्कूल तानसेन, पाल्पा
उच्च माध्यमिक तहः आई.ए.–त्रिचन्द्र कलेज, वि.ए–काँशी हिन्दु विश्वविद्यालय, वनारस (वि.स. २०१३)

 


सेवा
–शैक्षिक, सामाजिक, राजनीतिक तथा अध्यात्मिक क्षेत्रमा योगदान
–अध्ययन पश्चात तानसेन पाल्पाको पद्मोदय हाईस्कूलमा शिक्षकको रुपमा सेवा प्रवेश गरी प्रधानाध्यापक भई लामो समयसम्म कार्य गरेको र कलेज स्तरमा समेत अध्यापन कार्यमा सरिक
–वि.स २०२१ देखि २०३५ सालसम्म पाल्पा जिल्लाबाट ३ पटक राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित
–खाती वि.सं २०२९ साल देखि २०३५ सालसम्म विभिन्न मन्त्रालयहरुमा मन्त्रीपदमा रहनु भएको थियो । जसमध्ये गृह तथा पञ्चायत राज्यमन्त्री, निर्माण यातायात तथा उर्जा राज्यमन्त्री, स्वास्थ्यमन्त्री, उद्योग वाणिज्य मन्त्री र न्याय तथा कानुन मन्त्री हुनु भएको थियो ।
–श्रीकृष्ण प्रणामी सेवा समिती, नेपालको अध्यक्ष, कृष्ण प्रणामी प्रतिस्ठान, नेपालको अध्यक्ष

विदेश भ्रमणः
यूरोप, अफ्रिका, सोभियत संघ, हङकङ, थाइलैण्ड, भारत
–अन्तर पार्लीयामेन्ट्री सम्मेलन पेरिस वि.स.२०२७, जेनेभा २०३०, अन्तर पार्लीयामेन्ट्री अधिवेशन, क्यामरुन अफ्रिका २०२८, कोट डे आईभोरी २०२९, अन्तर पार्लीयामेन्ट्री परिषद् बैठक बुचारेष्ठ २०३०, अन्तराष्ट्रिय वातारणीय पार्लीयामेन्ट्रीयन सम्मेलन नाईरोवी केन्या २०३० ।

 

 

स्वास्थ्य समस्या र निधन
–खाती केही समययता देखि स्वासप्रश्वास, मधुमेह रोगबाट ग्रसित हुनुहुन्थ्यो भने उहाँको श्रीमति पनि डिमेन्सिया रोगबाट ग्रसित हुनुहुन्थ्यो । खाती दम्पत्ति दुवैको पटक पटक नर्भिक अस्पतालमा भर्ना भई उपचार भइरहन्थ्यो ।
–फागुन १२ गते दिउँसो खाती दम्पतीको आफ्नै निवासमा स्वास्थ्यमा अचानक एकैसाथ समस्या देखिएपछि उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । करिब १.३० बजे दुवै जनाको निधन भयो ।
–दुवैको अन्त्यष्ठि पनि एकै ठाउँ (चिता) मा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *