आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल–नेपाल र ओली दुवै पक्ष के–कसरी प्रस्तुत हुन्छन् ? भन्ने सबैको चासोको विषय बनेको छ । संसद सचिवालका अनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको छ ।

त्यस्तै, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)अध्यादेश, २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले पनि विभिन्न अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको छ । यता, प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” पेश गर्नेछन्, भने गृहमन्त्री रामबहादुर थापाले विभिन्न अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको छ ।
