बिश्व न्युज

२०, फाल्गुन २०७७ बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आवाजमा ‘फुलबुट्टे सारी’ को लिजेण्डरि भर्सन रिलिज भएको छ ।
मेल, फिमेल र चाइल्ड भर्सनमा निकै रुचाईएको गीतको लिजेण्डरि भर्सनलाई राजधानीमा एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको हो।
मार्मिक लामाको आवाज र राजनराज शिवाकोटीको शब्दर संगीतमा १२ बर्ष अगाडी रेकर्ड गरिएको गीतको चर्चा यतिबेला निकै चुलिएको थियो।मिलन नेवारको आवाजमा फिमेल भर्सनमा रिलिज भएको गीतले रेकर्डमय दर्शकको साथ बटुलेको थियो।अरिश्मा शिवाकोटीको आवाजमा गीतको चाइल्ड भर्सन रिलिज भएको थियो।
लिजेण्डरि भर्सनको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा फिचर रहेका छन् । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन्।

