२१ फाल्गुन, काठमाडौँ । कोरोना भाइरसबाट उथुलपुथुल बनेको नेपालको पर्यटन ब्याबसायलाइ केहि हद सम्म भएपनि उकास्नको लागि हाई नेपाल प्रालिले विभिन्न किसिमका कार्यक्रम संचालन गर्ने भएको छ ।

बिगत पांच वर्षा देखि पकनाजोल, काठमान्डौमा रहेर सेवा दिदै आइरहेको हाई नेपालले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर कम शुल्कमै नेपालका प्रमुख पर्यटकीय क्षेत्रको अबलोकन र भ्रमण गराइने कुरा यसै संस्थाका सीईओ समिर जि सी. ले जानकारी दिनुभयो ।

साथै आर्थिक अबस्थालाई मध्यनजर गर्दै दैनिक जिबन सामान्य अबस्थामा फर्कदै गर्दा बिशेष गरि अति प्रभावित क्षेत्र मध्यको पर्यटन ब्यबसायलाइ अब पनि दिगो बनाउन नसकेको खण्डमा देश ठुलो संकटमा पर्ने बिचार जि. सी ले राख्नुभयो ।
नेपालका विभिन्न पर्यटकीय स्थलको अबलोकन र भ्रमण साथै र्याफ्टिंग , अबलोकन भ्रमण , प्याराग्लाइडिंग, बन्जी जम्पिंग आदि जस्ता सेवा लाई सर्वसुलभ रूपमा संचालन गर्नको लागी हाई नेपाल प्रालिले उल्लेख्य भूमिका खेल्ने प्रतिबध्ता ब्यक्त गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *