काठमाडौं- मलेसियामा जारी एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले सुखद सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

चीनले दिएको ५४ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र ५ ओभरमा विना विकेटको क्षतीमा पुरा गर्यो । ओपनर ब्याट्सम्यान पवन सरार्फको उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले सहजै लक्ष्य पुरा गर्यो । उनले २१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४६ रनको पारी खेले । अर्का ओपनर रित गौतम १० रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चीनले २३.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५३ रन बनाउन सकेको थियो । चीनका लागि ओपनर ब्याट्सम्यानद्वय गुओहाओ गाओ र लियङ चेनले सर्वाधिक १३-१३ रन बनाउन बाहेक अन्य ब्यट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।

नेपालका बलर सामू निरही देखीएका चीनका अन्य तीन ब्याट्सम्यानले ४-४ रन बनाए भने एक ब्याट्सम्यानले तीन जोडे । चीनलाई सस्तैमा समेट्न नेपालका लागि सागर ढकालले सर्वाधिक ६ विकेट लिए ।

उनले ९.१ ओभर गर्दै मात्र १९ रन खर्चेर ६ विकेट लिएका हुन् । त्यस्तै टिलक राज भण्डारीले ७ ओभरमा १५ रन खर्चर्द तीन विकेट लिए भने कमल सिंह ऐरीले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *