काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ४ सय ८८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ७ सय ९५ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ७९ हजार ४७ पुगेको छ।

 

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ५७ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ७८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ।

 

 

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *