काठमाडौँ, फागुन २० गते । नेपाल राष्ट्र बैङ्कले मोबाइल तथा इन्टरनेट बैङ्किङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा बढाएको छ । केन्द्रीय बैङ्कले बुधबार बैङ्कहरूलाई कारोबार सीमा बढाउन निर्देशन दिएको हो ।
केन्द्रीय बैङ्कको निर्देशनअनुसार अब मोबाइल बैङ्किङमार्फत प्रतिदिन दुई लाख रुपियाँसम्मको कारोबार गर्न सकिनेछ भने इन्टरनेट बैङ्किङ (मर्चेन्ट पेमेन्टमा) र इन्टरनेट बैङ्किङ (एकाउन्ट ट्रान्सफरको सीमा पनि बढाएर २० लाख रुपियाँ रुपियाँ पु¥याएको छ ।
राष्ट्र बैङ्कले गत भदौ ११ मा जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनलाई संशोधन गर्दै नयाँ निर्देशन जारी गरेको हो ।
बैङ्कका कामु कार्यकारी निर्देशक निश्चल अधिकारीले हस्ताक्षर गर्नुभएको निर्देशनमा कुनै व्यक्तिको नाममा बैङ्क तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न भने कुनै सीमा नहुने स्पष्ट पारिएको छ ।
त्यस्तै नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिस्ट्रेसन तथा सेवा शुल्कजस्ता विविध शुल्क भुक्तानी गर्न पनि कुनै सीमा लाग्दैन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *