काठमाडौँ / ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघ महिला उद्यमी विकास समितिको संयुक्त आयोजनामा १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘महिला हस्तकला मेला २०७७’ आयोेजना हुने भएको छ ।

यही २०७७ फागुन २२ देखि २४ गतेसम्म ललितपुर महानगरपालिकाको प्राङ्गणमा उद्यमीहरुबाट उत्पादित हस्तकलाका वस्तुहरुको प्रदर्शनी तथा बिक्री प्रवद्र्धनको लागि ‘हस्तकलाको प्रर्वद्धन, महिला शसक्तिकरणको सम्बद्र्धन’ को नारा सहित उक्त मेला आयोजना गरिने भएको हो ।

महिला उद्यमीहरुबाट उत्पादित नेपाली उत्पादन ÷ नेपालको पहिचान अनुरुप स्थानीय हस्तकला वस्तुको बजार विकास र प्रवद्र्धन कार्यको थालनी गर्नु र हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी, व्यवसायीहरुलाई उत्पादक, खरीदकर्ता, बिक्रेता र निर्यातकर्ताहरुसँग एकै थलोमा भेला गराई स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धन गर्ने तथा अन्तरराष्ट्रिय बजारमा समेत हस्तकला बस्तुको निकासी प्रवद्र्धन गर्न सघाउ पु¥याउने सो मेलाको उद्देश्य रहेको छ ।

नेपाल हस्तकला महासंघले ‘हस्तकला समृद्धिका सम्भावना’ भन्ने उद्घोष (नारा) का साथ वर्षभरी विभिन्न प्रवद्र्धनमुखि कार्यक्रम गरी हस्तकला वर्ष मनाई रहेको छ ।

उक्त मेलामा एकै छाना मुनि प्राकृतिक रेसा जस्तै केतुके, अलैंची, केरा, अल्लो र वाँसबाट बनेका सामानहरु, काष्ठकला,चाँदीका गरगहना तथा चाँदीका वस्तु तथा धातुका गरगहना ,फेल्ट, क्रिस्टलका सामान, हाड र सिङ्गका वस्तु,  बीड्सका सामानहरु, उनी तथा सूती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामाग्री, सीसाका वस्तुहरु आदि प्रर्दशनी तथा विक्रीका लागि राखिने छन् ।

मेलामा काठमाडौ उपत्यका भित्रका जिल्लाहरुको लघु, घरेलु उत्पादक एवम् कम आय भएका महिला, जनजाती, आदिबासी उद्यमीहरुलाई सहभागी गराइ स्थानीय हस्तकला बस्तुको प्रचार प्रसार एवं बजार बिकासमा सहयोग पु-याइने छ ।

साथै उक्त मेलामा नेपाल हस्तकला महासंघका महिला उद्यमी सदस्यहरु तथा कलाकार र उपत्यका भित्रका जिल्ला हस्तकला संघ तथा वस्तुगत संघहरुसंग आवद्ध उद्यमी व्यवसायीहरुको पनि सहभागिता रहने छ ।

मेलामा करिब ५० वटा स्टलहरु रहने छन । स्थानीय हस्तकला उद्योगहरुबाट उत्पादित वस्तुहरुको बजार प्रबद्र्धन गर्ने, हस्तकलाको राष्ट्रियस्तरमा प्रचार / प्रसार तथा उजागर गरी निर्यात ब्यापार प्रवर्द्धन गर्ने, प्राकृतिक रेशाबाट बन्ने सामानहरु जस्तै सुकुल बुनाई आदिको जीवन्त प्रदर्शनी गर्नु, क्रेता तथा विक्रेताहरुलाई एकै स्थानमा भेला गराउनु, ब्यापार मेला/प्रदर्शनीको माध्यमबाट नेपाली कला तथा संस्कृतिको प्रचार/ प्रसार गर्नु, नवोदित उद्यमी ब्यबसायीहरुलाई बजार पहुचको अवसर प्रदान गर्नु, उत्पादित बस्तुहरु उद्योगमै मौज्दात रहने अवस्थालाई न्यून तुल्याउन मेला आयोजना गरिने भएको हो ।

जनसंख्याको आधा आकाश ढाकेका महिलाहरु ब्यापार ब्यबसाय एवं उद्यमसीलताका क्षेत्रमा न्यून संख्यामा मात्र संलग्न रहेका छन् । यस महासंघको सदस्यता अभिलेखको आधारमा कूल सदस्यहरु मध्ये जम्मा १० प्रतिशत महिलाहरुले उद्यम व्यवसायीको रुपमा सदस्य रही आफ्नो व्यापार व्यवसाय सञ्चालन गरी रहेका छन् ।

उक्त ब्यापार मेलामा नेपाल सरकारका उच्च पदस्थ अधिकृत स्थानीय सरकारका पदाधिकारीहरु, संघ संस्थाका पदाधिकारीहरु, हस्तकला उद्योग व्यवसायमा संलग्न व्यवसायीहरु, निर्यातकर्ताहरु तथा स्थानीय विभिन्न संघ संस्थाहरुमा प्रतिनिधित्व गर्ने व्यक्तित्वहरु र आम सर्वसाधारणले मेलाको अवलोकन गर्नु हुने छ ।

मेलाको समुद्घाट्न ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनबाट र समापन ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले गर्ने कार्यक्रम रहेको छ ।

 

आयात र निर्यात वीचको दुरी दिन प्रति दिन बढदै गई मुलुकको ब्यापार घाटा बढ्दै गएको वर्तमान अवस्थामा हस्तकला जस्ता स्वदेशी श्रम,सीप र कच्चा पदार्थमा आधारित रोजगारमूलक उद्योग व्यवसायको विकास एवं विस्तारको महत्व दिन प्रति दिन बढदै गएको छ । हस्तकला क्षेत्रमा झण्डै ११ लाख ब्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट रोजगारी प्राप्त गरी रहेका छन् ।

यो क्षेत्रले गरिवी निवारणमा पनि महत्वपूर्ण योगदान पुयाई रहेको छ । हस्तकलाका वस्तुहरुले देशको कला र संस्कृतिको मात्र प्रतिनिधित्व नगरि अन्तराष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान र गरिमा पनि वढाएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *