काठमाडौं: बिहिबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । हिजाे ताेलामा ५ सय रूपैयाँले बढेकाे सुनकाे भाउ ताेलामा १ हजार रूपैयाँले घटेकाे हाे ।

आज छापवाल सुन तोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापवाल सुन तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयामा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । बुधबार तेजाबी सुन तोलामा ८७ हजार ५० रुपैयामा कारोवार भएको थियो ।

यसैगरी चाँदी आज तोलामा ३० रुपैयाले घटेको छ । बुधबार एक हजार १५ रुपैयामा कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २८५ रुपैयामा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *